हरितालिका तीजको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु तथा दर्शनार्थी महिलाहरूको ठूलो भीड लागेको थियो।
रातो सारी र हरियो पहिरनमा सजिएका महिलाहरू पूजा–आराधना गर्दै भगवान् शिवको दर्शनका लागि लामबद्ध भएका थिए। पशुपति क्षेत्रभर तीजको विशेष चहलपहल, नाचगान र भक्तिमय वातावरण देखिएको थियो।
दर्शनका लागि मन्दिरमा विशेष व्यवस्थासमेत गरिएको थियो भने बिहानैदेखि हजारौं भक्तजनले पशुपतिनाथको दर्शन गरेका थिए।
