काठमाडौं — नेपाली नायिका एलिजा गौतम ले आफ्नो मेहनत र आत्मविश्वासको उदाहरण प्रस्तुत गर्दै नयाँ व्यवसाय सञ्चालनमा ल्याएकी छन्। उनले अनामनगर क्षेत्रमा “स्टार बोस कफी” नामक कफी सप सुरु गरेकी हुन्, जुन छोटो समयमै चर्चा बटुल्न सफल भएको छ।

अनामनगरको पूर्वी गेट नजिकै अवस्थित स्टार बोस कफी केवल कफी पिउने स्थान मात्र नभई संघर्ष, प्रेरणा र सफलताको कथा बोकेको स्थलका रूपमा परिचित हुँदै गएको छ। यहाँ स्वादिष्ट कफीसँगै विभिन्न हेल्दी फुडहरू पनि उपलब्ध छन्, जसले ग्राहकलाई फरक अनुभव दिने उद्देश्य राखेको छ।

कफी सप सञ्चालनसँगै एलिजाले महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने सन्देश पनि दिएकी छन्। उनी भन्छिन्, “महिला भएपछि कहिल्यै डराएर पछि हट्नु हुँदैन। ‘म सक्दिनँ’ भन्ने सोच नै सबैभन्दा ठूलो अवरोध हो। निरन्तर प्रयास गरिरहनुपर्छ।”

व्यक्तिगत जीवनतर्फ पनि उनले आफ्ना श्रीमान् ऋषिप्रति आभार व्यक्त गर्दै कठिन परिस्थितिमा पनि अघि बढ्न प्रेरणा दिने व्यक्तिका रूपमा उल्लेख गरेकी छन्।

दुई सन्तानकी आमा हुँदाहुँदै पनि एलिजा घरको सीमाभित्र सीमित नरही कला, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएकी छन्। उनको यो कदमले धेरै महिलालाई आफ्ना सपना पूरा गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

एलिजा आफैं पनि प्रायः कफी सपमै उपस्थित रहने बताउँदै ग्राहकलाई भेट्न उत्साहित रहेको बताउँछिन्। “एकपटक अवश्य आउनुहोस्, म यहीँ भेटिनेछु,” उनले भनिन्।

उनको यो यात्रा संघर्ष र सफलताको सशक्त उदाहरण बनेको छ, जसले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *