काठमाडौं, — जेन्जी आन्दोलनका कारण स्थगित भएको ९औँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड अब आउने पौष ११ गते नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा हुने भएको छ। यसअघि भदौ २७ गतेका लागि तय गरिएको कार्यक्रम आन्दोलनका कारण अन्तिम घडीमा रोकिएको थियो। आयोजकका अनुसार अब अवार्डका सबै तयारी पूरा भइसकेका छन्।

यो अवार्ड राप्ती समाज काठमाडौंको आयोजनामा हुँदै आएको छ। संस्थाका अध्यक्ष गोविन्द मधुर आचार्यका अनुसार ९औँ राष्ट्रिय राप्ती म्युजिक अवार्डलाई यसपटक अझ व्यवस्थित, भव्य र समावेशी बनाउन विशेष योजना बनाइएको छ।

आचार्यका अनुसार राप्ती म्युजिक अवार्ड राष्ट्रिय स्तरको प्रतिष्ठित अवार्ड हो, जसले देशभरिका कलाकारलाई एकै मञ्चमा ल्याउने लक्ष्य राख्छ। अवार्डले हरेक वर्षझैँ अग्रज कलाकारलाई सम्मान र अनुज कलाकारलाई प्रोत्साहन गर्ने परम्परा निरन्तरता दिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *