दाङकी प्रतिभाशाली गायिका रिता केसी यस वर्षको ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छिन्। राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्ने यो पुरस्कारसहित उनले ४० हजार रुपैयाँ नगद प्राप्त गरेकी हुन्।

कोषका सदस्य–सचिव डा. विष्णुबहादुर भण्डारीका अनुसार वरिष्ठ संगीतकार प्रा. डा. दीपक जंगम अध्यक्ष रहेको मूल्यांकन समितिले गायिका केसीलाई पुरस्कारका लागि सिफारिस गरेको हो।

करिब दुई दशकदेखि गायन क्षेत्रमा सक्रिय केसी हाल संगीतमै विद्यावारिधि (PhD) गर्दैछिन्। पुरस्कार प्राप्त भएपछि उनले यसलाई आफ्नो करिअरको महत्वपूर्ण प्रेरणाका रूपमा लिँदै, “यस वर्षको छनोटमा परेकी रहेछु, धेरै खुशी छु र आफैलाई भाग्यमानी ठान्छु,” भन्दै खुशी व्यक्त गरिन्।

उक्त पुरस्कार उनलाई यही मंसिर २० गते एक कार्यक्रमकाबीच प्रदान गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *