लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि प्रतिस्पर्धामा फाइनल चरणसम्म पुगेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न दोस्रो प्लेअफमा लुम्बिनीले विराटनगर किंग्समाथि ४० रनको स्पष्ट जित दर्ता गर्दै फाइनल यात्रा पक्का गरेको हो।

अब उपाधिका लागि लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ। सुदूरपश्चिमले पहिलो प्लेअफमै विराटनगरलाई हराएर अघि नै फाइनल सुनिश्चित गरेको थियो।

१३५ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर किंग्स १७.५ ओभरमै ९४ रनमा समेटिँदै अलआउट भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *