लोक सञ्चारकर्मी नेपाल उपत्यका समिति गठन भएपछिको पहिलो कार्यक्रमका रूपमा आयोजना गरिएको बृहत् खुल्ला रक्तदान कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। काठमाडौँको अनामनगरस्थित सामाजिक विकास भवनमा आयोजित उक्त कार्यक्रमको संयोजन संजय पोखरेलले गर्नुभएको थियो, जहाँ उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न साथ, सहयोग र योगदान गर्नुहुने सम्पूर्ण पदाधिकारीहरूप्रति आयोजक समितिले आभार व्यक्त गरेको छ। साथै, कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा शुभेच्छुकहरूप्रति आयोजक समितिले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
